यस्तो अचम्मको समय भए पछी ।
सुर न ताल विना लय भए पछी ।
शान्ति र शुरक्षाको के आशा गर्नु,
प्रहरी वाट नै भय भए पछी ।
विचरा सोझा जनताले पत्याउनै पर्छ,
नेता मन्त्री को अभिनय भए पछी ।
मेरो देशको प्रगती खै कैले होला ?
हार्ने र मार्नेकै जय भए पछी ।
१७ हजारको आत्माले न्याय पांउछ,
हत्यारा को मिती तय भए पछी ।
अशोक गौतम "क्षितिज"
वुटवल, रुपन्देही