प्रवास वाट आमालाई चिट्ठी- छोरा 💌
शव्द कोरी रहस्यका पठाकोछु खाममा आमा।
ढुङ्गा गीट्टी फोर्ने गर्छु टन्टलापुर घाममा आमा।
आठ घन्टा ड्युटी भने गरेको छु सोह्र घन्टा,
खटेको छु जनतन रात दिन साममा आमा।
चोट लाग्छ ऐया भन्छु दुख्छ जिउ शिर पाउ,
दवाई मुलो गर्नु छैन राता नीला डाममा आमा।
पल्लो गांउको हर्केको नि उहि हो चाला मेरो जस्तै,
हात राख्छ गनाउने शौचालयको जाममा आमा।
नेपाली ले नेपाली लाई नचिने झैं गर्दा खेरी,
विपत पर्दा कस्को साथ पाउनु पराई ठाममा आमा।
लग्यो अरे व्याजको वद्ला लैनो भैंसी डल्ले साहुले,
मन दुख्यो खुन् पसिना साटेको छु दाममा आमा।
अर्को महिना रामे आंउछ पठाउछु धन् ऋण तिर्नु,
चुक्ता गरी घर् वारी लाई गर्नु आफ्नै नाममा आमा।
तोते वोली वोल्दै थियो छाडी आंए सानो छोरा, संझनामा नयन् धारा खस्छन् खांदा माममा आमा।
उनलाई पनि नरमाइलो लाग्छ होला वेला वेला,
माइत भेज्नु वुहारी लाई मेला पर्व राममा आमा।
उमेर ले नि साठ्ठी नाघ्यौ पेटको दिर्घ रोगी थियौ,
वैंशमा जस्तो हुन्न अव ध्यान नदिनु काममा आमा।
प्रति उत्तरमा छोरा लाई चिट्ठी- आमा 💌
चिठीको खाम पाए पछि धेरै आंशु झरे छोरा ।
होस् मा छु कि वेहोसमा दोधारमा परे छोरा ।
चर्को घाम् मा ढुङ्गा फोर्छु भन्यौ तिम्ले विदेशमा,
यहि पनि सुन फल्छ त्यती दु:ख गरे छोरा।
यसै पनि लुरे थियौ अझै धेरै दुव्लायौ कि,
आठ घण्टा ड्युटी भन्यौ सोह्र घण्टा छरे छोरा।
आज सम्म काम गरेको तलव वुझी आउभो घर,
कस्ले हेर्ला वहिनी लाइ म यत्तिकै मरे छोरा।
मिठो खान पार्लर जान नपाएर आज भोली,
वुहारी र नाती पनि माइतै वसाइ सरे छोरा।
अन्तिम मिती आइसक्यो छैन घरमा पैसा कत्ति,
के भनेर पठाउने हो आउछन् साहु भरे छोरा।
महङ्गी भो खर्च वढ्यो वैनीको फि तिरिएन,
रुन्छ मन कस्तो कर्म रैछ हाम्रो हरे छोरा।
सरकारी जागीर खान्छ भर्ती भयो साथी पनि,
तिमी भन्दा कमजोर थियो तिम्रो साथी नरे छोरा।
अव कुन्नी एक् दुई वर्ष भन्दा धेरै वांच्दिन की,
छैन हास पिरै पिरले भैछु वर वरे छोरा ।
फेरि प्रवास वाट आमालाई चिट्ठी- छोरा 💌
प्रतिउत्तर के लेखु खै छैन केहि वात आमा,
चिट्ठी पंढे भक्कानिए रोंए पुरै रात आमा।
हत्या हिंसा अपहरण देशको चाला सधै उस्तै,
सुन् फलाउथे देशमै मैले राम्रो माहोल पात आमा।
भोकमरी र महङ्गीको चपेटामा हामि गरीव,
धनी साहुको घरघरमा हुंदा अन्न खात आमा।
आज सम्म काम गरेको तलव दे म नेपाल जान्छु,
भन्यो भने चिम्म गर्दै हान्छ मलाई लात आमा।
माइतै वस्न दिनु उनलाई नाती लाई घरमा ल्याउनु,
मामा घरमा वस्यो भने चढ्छ उस्लाई मात आमा।
सावा व्याज कट्ठा गरी अर्को महिना वुझाउला,
विन्ती गर्दै डल्ले साहुलाई जोड्नु दुवै हात आमा।
पढाइ छुट्दा वहिनीको झनै मन दुख्यो मेरो,
अभागीनी रैछिन बैनि पाइनन् माईती साथ आमा।
नरे पनि भर्ती भएछ आफ्नो मान्छे सिफारीस ले,
म पनि त हुन्थे होला ठांउमा आफ्ना भात आमा।
दिनु वदला भाग्य ले नि खोस्न मात्रै जान्यो हाम्रो,
कहिले आउला सुदिन खै सधै भयो घात आमा।
फेरि आमाले छोरा लाई चिट्ठी- आमा 💌
खवर रुपी तिम्रो पत्र सुन्छु जव आछ छोरा,
पढ्नै नभ्याई झर्छन आंशु खै कुन्नी के भाछ छोरा।
हत्या हिंसा घट्थ्यो कि छिट्टै संविधान वने,
संविधान को मिती पनि झन थपिदै गाछ छोरा।
गरीवी र महंगी नि हटाउछौ भन्ने हाम्रा,
नेता लाई मात्र उहि कुर्सी ले अल्झाछ छोरा।
दुनियां ले आखा लांउछन पढाई छुट्दा वहिनीको,
विहे पनि त गर्ने होला उमेर वढि राछ छोरा।
गोरा को लात त्यहां तिम्लाई घर आउन पाउनु छैन,
यता मलाई दिन प्रती दिन डल्ले साहुले खाछ छोरा।
आमा छोरा छुट्याउदा वुहारी ले सराप गर्लिन,
भो ल्याउदिन नाती लाई उतै पढ्न लाछ छोरा।
दिन सुधार्न कति सम्म दु:ख गर्यौं जिवन भरि ,
कर्म ले नि सधै हामिलाई सत्रु हंसाछ छोरा।
कुरा सुन्दा प्रदेशी सव घर देश फर्के हुन्थ्यो लाग्छ, पल्तिर को हरी अचेल पासपोर्ट तिरै धाछ छोरा।
छोरा मा म अशोक गौतम क्षितिज र
आमा मा सन्ध्या & विना भण्डारी ,फर्साटिकर, रुपन्देही
0 comments:
Post a Comment