Saturday, June 23, 2012

ढक तराजु आयो पाथी माना हरायो



ढक तराजु आयो पाथी माना हरायो। 
आधुनिक घर रे खरको छाना हरायो। 

 म म पिजा चाउमिन भन्छन् सवै जना, 
नेपाली को आटो ढिंडो खाना हरायो। 

 टिसर्ट पाईन्ट का चलन् चल्ती संस्क्रीती नै धराप, 
दौरा सुरुवाल गुन्यौ चोली नाना हरायो। 

 पुर्व टिस्टा पश्चिम किल्ला कांगडा नि हाम्रो, 
सुगौली का सन्धी लेख्या पाना हरायो। 

पप र्याप रिमिक्स ले कानै छेड्ने भो, 
सालैजो र यानीमाया गाना हरायो। 

 युरो अनि स्टर्लिङ र डलर जहिंतहीं, 
सुका मोहोर रुपिया आना हरायो। 

 अशोक गौतम क्षितिज 
शंकरनगर- २, शारदा स्कुल रुपन्देही

0 comments:

Post a Comment