This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Monday, September 26, 2011

मुक्तक

दुनियां ले संझदैमा नामी मान्छे गनिदैन।
एकै छिन फुर्काउदा ठुलो मान्छे वनिदैन।
रुप् मा जति अप्सरानै भए पनि संसारमा
चरित्रमा दाग भए राम्रो मान्छे भनिदैन।

२०६८/०६/०५
अशोक गौतम क्षितिज
मो- ९७४१२२१९४४

Sunday, September 25, 2011

गजल

यो मन का पिडा व्यथा मन भित्रै गुन्छु अचेल
विगद का ति पल संझी हिंक्क हिंक्क रुन्छु अचेल।

पहिलो माया पहिलो प्रेम गाह्रो भयो भुल्न लाई
ढुकढुकी मा अझै पनि तिम्रै आवाज सुन्छु अचेल।

म वाट टाढा भयौ तर पनि माया गर्छु
कल्पिन्छु र सपनीमा तिम्रै साथमा हुन्छु अचेल।

खै किन मन दुखायौ अनायासै पराई वन्यौ
अतितको संझना मा तिम्रै तस्विर चुम्छु अचेल।

खुशी हट्यो यो मन वाट उजाडियो जिवन पनि
विवसता र उदासता मा अंधेरी रात चुन्छु अचेल।

पिउने गर्छु सांझ विहान अलीकति मन संहाल्न
संहालिन्न यि आंशुले आफै लाई धुन्छु अचेल।

२०६८/०१/०५
अशोक गौतम क्षितिज

Saturday, September 24, 2011

गजल

आफ्नाले नै दु:ख पर्दा साथ छोड्दा मन दुख्यो
अर्कै संग माया लाई नाता जोड्दा मन दुख्यो।

लोलाउंथे तिम्रा नजर् मन्द मिठो मुस्कान् संगै
तर आज अनायासै नजर् मोड्दा मन दुख्यो।

मुना मदन् जस्तै जोडी वन्ने भन्ने सपना ती
खेर गए वाचा अनि कसम् तोड्दा मन दुख्यो।

पवित्र त्यो माया संगै भर्छु भने त्यो सिउदो
अर्कै लाई भराएर घुम्टो ओढ्दा मन दुख्यो।

फुल वनि फुलीदिन्छु जिवनमा तिम्रो भन्थ्यौ
कोपिला मै झार्यौ अनि वोटै गोड्दा मन दुख्यो।

२०६८/०६/०२
अशोक गौतम क्षितिज

मुक्तक

चौतारीमा रित्तो डोको विसाउने लाई सलाम छ।
नभएका कुरा गर्दै रिसाउने लाई सलाम छ।
सधै भरी आफ्नो कुरा माथी हुनै पर्छ भन्छ्यौ
अनायासै मुटु रेटी घिसाउने लाई सलाम छ।

२०६८/०६/०७
अशोक गौतम क्षितिज

Friday, September 9, 2011

विर सहिद

खै रगत ले ईतिहांस लेख्ने विर सहिद हरु कहां छौ
तिमी हरुले नेपाल आमाको ऋण तिरेर गयौ।

आज भोली कोहि छैनन् यहां तिमी हरु जस्ता विर योद्धा हरु
जस्ले यो मात्री भुमी मा आफ्नो शरीर माटो मा मिलाएर गयौ।

महान क्रान्तीका यात्री हरु, महान युद्धका विर जवान हरु
देश को अस्तित्व जोगाउन, देश लाई वचाउन प्राणको वाजी लगाएर गयौ।

डराएनौ तिमीहरु कहिलै पनि, मिर्त्यु संग लुकामारी खेल्दै
यो देश मा आफ्नो तातो रगत वगाएर गयौ।

कहां छौ अतिवादी सामन्तको पर्खाल ढलाउने शहिद हरु,
निरङ्कुस सामन्तको छानो भत्काउने शहिद हरु,

गरीव दु:खी जनता र सर्वहारा वर्गको निम्ती अमुल्य जिवन छोडेर गयौ।
तिमीहरुको यो वलिदानी को रहस्य वुझिदिने छैन कोही

फेरी नेपाली जनता लाई रुवाउन थालीसके देश हाक्ने हरुले।
तिमीहरु को यो वहादुरीता नेपाली पन र राष्ट्र प्रेम को भावना अंगाल्ने छैनन् यहां
कहां छौ विर शहिद हरु.............
२०६७/०९/२७

अशोक गौतम क्षितिज

Sunday, September 4, 2011

गजल

भेट्न हिंडे उनी लाई अपरिचीत् ठाम भयो
त्यसै वेला कुरीन्टार् मा ठुलै ट्राफिक् जाम भयो।

विच्याड् छुट्यो जातीविधी पार हुने पालो कुर्दा
अघि छिर्ने वाटो छैन पछि मेरो नाम भयो।

आधा घण्टा थोरै अघि घर वाट हिड्न पाईन
टाउको खाने विना फल् को वेफुर्सदी काम भयो।

सुर्य गयो आफ्नै देश क्षितिज् लाई चुम्दै चुम्दै
झिस् मिस् झिस् मिस् अधेंरीदै वाकी पल साम भयो।

नयां ठांउ नयां मान्छे मध्यरात् मा कहां जानु
भेट्न सफल् भैन अनि ठुलै लिला राम भयो।
२०६८/०३/१९

अशोक गौतम क्षितिज
पौंदीअमराई ३ गुल्मी
हाल- वुटवल संकरनगर

Friday, September 2, 2011

गजल- प्रतीउत्तर मा आमा ले छोरा लाई चिट्ठी

खवर रुपी तिम्रो पत्र सुन्छु जव आछ छोरा
पढ्नै नभ्याई झर्छन आंशु खै कुन्नी के भाछ छोरा।

हत्या हिंसा घट्थ्यो कि छिट्टै संविधान वने
संविधान को मिती पनि झन थपिदै गाछ छोरा।

गरीवी र महंगी नि हटाउछौ भन्ने हाम्रा
नेता लाई मात्र उहि कुर्सी ले अल्झाछ छोरा।

दुनियां ले आखा लांउछन पढाई छुट्दा वहिनीको
विहे पनि त गर्ने होला उमेर वढि राछ छोरा।

गोरा को लात त्यहां तिम्लाई घर आउन पाउनु छैन
यता मलाई दिन प्रती दिन डल्ले साहु ले खाछ छोरा।

आमा छोरा छुट्याउदा वुहारी ले सराप गर्लिन
भो ल्याउदिन नाती लाई उतै पढ्न लाछ छोरा।

दिन सुधार्न कति सम्म दु:ख गर्यौं जिवन भरी
यो कर्म ले सधै हामिलाई सत्रु हंसाछ छोरा।

कुरा सुन्दा प्रदेशी सव घर देश फर्के हुन्थ्यो लाग्छ
पल्तिर को हरी अचेल पासपोर्ट तिरै धाछ छोरा।

सन्ध्या & विना भण्डारी
सौ फर्साटिकर रुपन्देही