Saturday, September 24, 2011

गजल

आफ्नाले नै दु:ख पर्दा साथ छोड्दा मन दुख्यो
अर्कै संग माया लाई नाता जोड्दा मन दुख्यो।

लोलाउंथे तिम्रा नजर् मन्द मिठो मुस्कान् संगै
तर आज अनायासै नजर् मोड्दा मन दुख्यो।

मुना मदन् जस्तै जोडी वन्ने भन्ने सपना ती
खेर गए वाचा अनि कसम् तोड्दा मन दुख्यो।

पवित्र त्यो माया संगै भर्छु भने त्यो सिउदो
अर्कै लाई भराएर घुम्टो ओढ्दा मन दुख्यो।

फुल वनि फुलीदिन्छु जिवनमा तिम्रो भन्थ्यौ
कोपिला मै झार्यौ अनि वोटै गोड्दा मन दुख्यो।

२०६८/०६/०२
अशोक गौतम क्षितिज

0 comments:

Post a Comment