Sunday, September 25, 2011

गजल

यो मन का पिडा व्यथा मन भित्रै गुन्छु अचेल
विगद का ति पल संझी हिंक्क हिंक्क रुन्छु अचेल।

पहिलो माया पहिलो प्रेम गाह्रो भयो भुल्न लाई
ढुकढुकी मा अझै पनि तिम्रै आवाज सुन्छु अचेल।

म वाट टाढा भयौ तर पनि माया गर्छु
कल्पिन्छु र सपनीमा तिम्रै साथमा हुन्छु अचेल।

खै किन मन दुखायौ अनायासै पराई वन्यौ
अतितको संझना मा तिम्रै तस्विर चुम्छु अचेल।

खुशी हट्यो यो मन वाट उजाडियो जिवन पनि
विवसता र उदासता मा अंधेरी रात चुन्छु अचेल।

पिउने गर्छु सांझ विहान अलीकति मन संहाल्न
संहालिन्न यि आंशुले आफै लाई धुन्छु अचेल।

२०६८/०१/०५
अशोक गौतम क्षितिज

0 comments:

Post a Comment