This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Sunday, July 31, 2011

प्रवासी हुंदा

वाध्यता ले प्रवासी म हुंदा गजल लेखें
मन् का वह पिडाहरु फुंदा गजल लेखें।

ठुला भारी वोक्दा खेरी पेट पनि कर्करौंछ
गर्मी संगै खुन् पसिना चुंदा गजल लेखें।

दिन् भर् को थकान् अनि त्यसै माथी तिता वचन्
नसकेर खप्न मन रुंदा गजल लेखें।

वाण जस्ता वचन् र मात्रीभुमी संझनामा
रुंदा रुंदै आशुले मुख् धुंदा गजल लेखें।

धन् कमाउछु सुखी वन्छु ठुलो मान्छे वन्छु
भन्ने सप्ना यो मन मै कुंदा गजल लेखे।

२०६८/०४/०७
अशोक गौतम क्षितिज

Saturday, July 30, 2011

फर्कि आंउछु मेरी सानी

फर्कि आंउछु मेरी सानी मेरो माया नमार्नु है
तिम्रो मन् को मझेरी त्यो कांडेतार् ले नवार्नु है।

सधै भरी तिम्रो साथ वस्ने मन थियो मेरो
केहि वर्ष छुट्टिदैमा मन ढुङ्गा नपार्नु है।

सुख दु:ख जे परेनी आत्मसाथ गर्नु पर्छ
मुटु सानो वनाएर समस्या ला नटार्नु है।

एक्लै तिमी घर हुंदा नाना थरी कुरा गर्लान्
छल् कपटी कुरालाई चिम्म गर्दै नकार्नु है।

सोंचे जस्तो जिन्दगीमा कहिलेनी हुन्न रैछ
पिडा व्यथा वुझी तिमी आंशु वर्वर् नझार्नु है।

संझनामा सपनी मा आंउनेछु भेट्नलाई
त्यो मुटुको चोखो माया अन्त कतै नसार्नु है।

२०६७/१०/०३
अशोक गौतम क्षितिज

Monday, July 25, 2011

तिजमा लिन आउन सकिन म

यो तिजमा लिन आउन सकिन म सानी दिदी
यो भाईको व्यथालाई वुझिदिनु ज्ञानी दिदी।

समयको व्यस्तताले यो पाली चैं चिट्ठी लेखें
अर्को पाली गरौंला है फोन् मा कुरा कानी दिदी।

अलि छिट्टै जानु होला व्वारी लाई मद्दत् हुन्छ
तिज मान्न उनी पनि होलीन् माईत् जानी दिदी।

म आंउदा सानै थिईन् अली धेरै रुने गर्थीन्
सुध्रियो कि सुध्रिएन भान्जीको त्यो वानी दिदी।

आटो पिठो जे भएनी तिज् को दर संझिएर
आमा संगै हांसी खुशी खानु मिठो मानी दिदी।

हरीया ति चुरा अनी रातो रातो सारी संगै
छम्म छमी नाच्नु होला परे पनि पानी दिदी।

२०६८/०४/०९
अशोक गौतम क्षितिज

Friday, July 22, 2011

Gajal

पहिलो भेट मै नजरको तिर हान्यौ र त विग्रिए म
अरु भन्दा अली वेग्लै ठान्यौ र त विग्रिए म।

सारा संसार विर्सिएर च्याप्प हात समाई मेरो
दुनियां मा मलाई नै छान्यौ र त विग्रिए म।

ईशारा नै काफि भयो एउटा आंखा मारे पछि
यो मन ले के खोज्या हो जान्यौ र त विग्रिए म।

कल्कलाउंदो चल्चलाउंदो उथल पुथल यौवनको
नशा संगै अंगालोमा वान्यौ र त विग्रिए म।

मेरो पनि होस गुम्यो चुल्वुले त्यो आदतले
जवर जस्ती ओछ्यान् तिर तान्यौ र त विग्रिए म।

गाला अनि ओंठ चुम्दै एउटै चिज मागेको थें
आलीङ्गन् मा खुशी हुदै मान्यौ र त विग्रिए म।


अशोक गौतम क्षिति


Thursday, July 21, 2011

Gajal

वे अर्थै अंगालो कसाउनु किन
वनावटी आंशु खसाउनु किन?

झुट्टा आशा अभिलाशा देखाई
फिर्फिरे मायामा फसाउनु किन?

सहयात्रा विचमै छोड्नु थ्यो त
अर्धनो वसाई वसाउनु किन?

संगै वस्ने चाहाना नै छैन त
त्यो तन् लाई फेरी टसाउनु किन?

जे छ ठिकैछ खुशी थें त्यसैमा
पछि रुवाउन हंसाउनु किन?

२०६८/०४/०५
अशोक गौतम क्षितिज

Sunday, July 10, 2011

श्रीजना

हांस्दा हांस्दै रुनु पर्ने रुंदा रुदै हांस्नु पर्ने
जहां जान्छु ठक्कर खान्छु यसरी नि वांच्न् पर्ने।
नवोलेनी सुख छैन वोले पनि सुख छैन
कहां गएर चित्त वुझाउ जाने ठांउ कतै छैन।
कल्पनाको सागर वाट माथी माथी उठी
यथार्थको धरातल मा उभिएकै जाती।
झिनो आशा लिएर वांच्नु पर्ने यो दुनियामा
मनका पिर लुकाएर हांस्नु पर्ने यो दुनियामा।
जीवन एउटा जन्झिर हो भन्ने जान्दा जान्दै
त्यसैमा फसे म त दु:ख पिडा भोग्दै।
यो उजाड जिन्दगी मा साथी खोज्दै हिडे
कसो गरी पाईन्छ भन्दै समस्यामै धेरै भिडे।

अशोक गौतम क्षितिज

मुक्तक

जति टाढा उति माया धेरै हुन्छ गाढा
कहिलै पनि नवन्नु है विझाउने कांढा

म त तिम्रो ह्रिदयमा सुटुक्कै पसिसकें
लिने भए दिन्छु वरु पिरती को भाडा।

अशोक गौतम क्षितिज

Saturday, July 9, 2011

संझिएर रोंए

दुई मुटुका वात हरु संझिएर रोंए
संगै काट्या रात हरु संझिएर रोंए


जुनी जुनी म तिम्रै हुन्छु भन्थ्यौ
तर आज घात हरु संझिएर रोंए।

अशोक गौतम क्षितिज

Thursday, July 7, 2011

मुक्तक

वच्चा युवा व्रिद्ध सवको मर्म वुझ्ने सरकार छैन
गर्ने सधै एउटै कुरा नयां सोंचको प्रकार छैन।


झुट्टा आशा देखाएर भोट माग्ने सभासद ज्यु
राम्रो काम गरेनौ खै विस्वास गर्ने आधार छैन॥

२०६७/०८/१८
अशोक गौतम क्षितिज

Wednesday, July 6, 2011

Gajal(आज कां हरायौ)

पैले आफै धायौ,अनि साथै आयौ।
कोइलीको स्वर् मा मिठो गित गायौ।

प्यासी नयन् संगै अंगालो कसायौ।
भुलायो नजर् ले मात मा रमायौ।

वेहोसी वनेर चुप्प ओंठ खायौ।
आनन्द मा रम्दै दुवै तन् मिलायौ।

ति भुलेर सवैआज कां हरायौ।
ति भुलेर सवैआज कां हरायौ।
२०६८/०१/१९
अशोक गौतम क्षितिज

Sunday, July 3, 2011

gajal

संविधान लेख्न सधै गर्छौ किन आनाकानी।
तंछाड मछाड सधै भरी एउटै कुर्सी तानातानी।

कति थप्छौ समय पनि विस्वासको आश मरीसक्यो
लाग्छ आज् कल् समय खेर फालेका छौ जानाजानी।

भनाई एउटा गराई एउटा आराप र प्रत्यारोप ले
उहि पुरानो अविस्वासी वाणी एउटै हानाहानी।

गरीव जनता फकाई फुल्याई कुर्सी सम्म पुग्यौ भने
आफ्ना मात्रै हेर्ने गर्छौ विर्सि हामी सानासानी।



विस्वास गर्ने आधार हुन्थ्यो जस्तो वोल्छौ त्यस्तै गरे
जनताका दुखी रहेका दिलमा गर्दै मानामानी।



अशोक गौतम क्षितिज
पौंदिअमराई- ३ गुल्मि

Saturday, July 2, 2011

Gajal

गांउ वस्ती अंधेरै छ प्रकाश् लिई आंउछु आमा।
सवैको मन जित्न लाई विस्वास् लिई आंउछु आमा।

हुम्ला जुम्ला मुगु डोल्पा वसेका छन वाटो हेरी
शिक्षा स्वास्थ्य संचार संगै विकास् लिई आंउछु आमा।

हत्या हिंसा वलात्कार को होडवाजी लाई अन्त गरी
चारैतिर सु-शान्तिको आभास् लिई आंउछु आमा।

कालापानी सुस्ता कति भक्कानिदै रोएका छन्
त्यहां फेरी परिवर्तन् को सुवास लिई आंउछु आमा।

छुवाछुत् र विभेदको अन्त्य भको छैन अझै
समानताको साझा एउटै आकाश लिई आंउछु आमा।

सडकमा रात वित्छ भोका नाङ्गा अनाथको
तिनलाई फेरी गास वास कपास लिई आंउछु आमा।

देश डुवाउने भतुवा र भ्रष्टाचारी नेता लाई
भगाई कैलै नफर्किने निकास लिई आंउछु आमा।

अशोक गौतम क्षितिज
पौंदिअमराई- ३ गुल्मि

Gajal

रुवाउनु सम्म रुवायो शहरले।
दुखाउनु मुटु दुखायो शहरले।

धुलो धुवां ध्वनी र प्रदुषण
कुवाउनु धेरै कुवायो शहरले।

छोटा कपडाको भरमा जिउ सारा
झुकाउनु नजर् झुकायो शहरले।

हत्या हिंसा अपहरण र चोरी
लुटाउनु मानव् लुटायो शहरले।

हुने संग पैसा छ नहुने विचरा
सुताउनु भोकै सुतायो शहरले।

अशोक गौतम क्षितिज
पौंदिअमराई- ३ गुल्मि