Saturday, July 2, 2011

Gajal

रुवाउनु सम्म रुवायो शहरले।
दुखाउनु मुटु दुखायो शहरले।

धुलो धुवां ध्वनी र प्रदुषण
कुवाउनु धेरै कुवायो शहरले।

छोटा कपडाको भरमा जिउ सारा
झुकाउनु नजर् झुकायो शहरले।

हत्या हिंसा अपहरण र चोरी
लुटाउनु मानव् लुटायो शहरले।

हुने संग पैसा छ नहुने विचरा
सुताउनु भोकै सुतायो शहरले।

अशोक गौतम क्षितिज
पौंदिअमराई- ३ गुल्मि

0 comments:

Post a Comment