Monday, July 25, 2011

तिजमा लिन आउन सकिन म

यो तिजमा लिन आउन सकिन म सानी दिदी
यो भाईको व्यथालाई वुझिदिनु ज्ञानी दिदी।

समयको व्यस्तताले यो पाली चैं चिट्ठी लेखें
अर्को पाली गरौंला है फोन् मा कुरा कानी दिदी।

अलि छिट्टै जानु होला व्वारी लाई मद्दत् हुन्छ
तिज मान्न उनी पनि होलीन् माईत् जानी दिदी।

म आंउदा सानै थिईन् अली धेरै रुने गर्थीन्
सुध्रियो कि सुध्रिएन भान्जीको त्यो वानी दिदी।

आटो पिठो जे भएनी तिज् को दर संझिएर
आमा संगै हांसी खुशी खानु मिठो मानी दिदी।

हरीया ति चुरा अनी रातो रातो सारी संगै
छम्म छमी नाच्नु होला परे पनि पानी दिदी।

२०६८/०४/०९
अशोक गौतम क्षितिज

0 comments:

Post a Comment