Thursday, July 21, 2011

Gajal

वे अर्थै अंगालो कसाउनु किन
वनावटी आंशु खसाउनु किन?

झुट्टा आशा अभिलाशा देखाई
फिर्फिरे मायामा फसाउनु किन?

सहयात्रा विचमै छोड्नु थ्यो त
अर्धनो वसाई वसाउनु किन?

संगै वस्ने चाहाना नै छैन त
त्यो तन् लाई फेरी टसाउनु किन?

जे छ ठिकैछ खुशी थें त्यसैमा
पछि रुवाउन हंसाउनु किन?

२०६८/०४/०५
अशोक गौतम क्षितिज

0 comments:

Post a Comment