Sunday, July 3, 2011

gajal

संविधान लेख्न सधै गर्छौ किन आनाकानी।
तंछाड मछाड सधै भरी एउटै कुर्सी तानातानी।

कति थप्छौ समय पनि विस्वासको आश मरीसक्यो
लाग्छ आज् कल् समय खेर फालेका छौ जानाजानी।

भनाई एउटा गराई एउटा आराप र प्रत्यारोप ले
उहि पुरानो अविस्वासी वाणी एउटै हानाहानी।

गरीव जनता फकाई फुल्याई कुर्सी सम्म पुग्यौ भने
आफ्ना मात्रै हेर्ने गर्छौ विर्सि हामी सानासानी।



विस्वास गर्ने आधार हुन्थ्यो जस्तो वोल्छौ त्यस्तै गरे
जनताका दुखी रहेका दिलमा गर्दै मानामानी।



अशोक गौतम क्षितिज
पौंदिअमराई- ३ गुल्मि

0 comments:

Post a Comment