This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Sunday, August 14, 2011

गजल-यस् पालीको तिज् मा

यस् पालीको तिज् मा भने दिदी संगै नाच्नु पर्ला
मर्काउदै कम्मर् लाई मैले पनि भांच्नु पर्ला।

वुढी आमा भगवान् झैं चेली वेटी पाहुना रे
सानी पनि ससुराली भांडा आफै माझ्नु पर्ला।

आमा छोरा ससुराल् मा कस्तो दर खाने हुन् खै
छोरा अनि उन् को लागी थोरै दर सांच्नु पर्ला।

उता फेरी मेरी उनी तिज् को दिन व्रत वस्ने
दिर्घायु को कामना ले धेरै वर्ष वांच्नु पर्ला।

ठुली दिदी सानी दिदी वाटुली र चम्पा मध्य
कुन चांही धेरै राम्रो नाच्छन् नियालेर जांच्नु पर्ला।

२०६८/०४/२८
अशोक गौतम क्षितिज

Thursday, August 11, 2011

गजल

मैले पनि माया मारे तिम्ले माया मारे पछि
चोखो माया गर्दा पनि  विच् मै एक्लो पारे पछि।

सयौं जुनी संगै हुने वाचा कसम् विर्सिएर
यो मनका सवै रहर् कोपिला मै झारे पछि।

फुलै फुल् को संसार दिने प्रलोभन देखाएर
कांडे तार् को वार् लगाई त्यो मन् लाई वारे पछि।

सोध्दा खेरी साथी हरु तेरो माया के भो भन्दै
तर्काउदै कुरा मोडी त्यत्तिकै मा टारे पछि।

संझनाका चिनो हरु फ्यांकि दियौ दोवाटो मा
तिम्रो नाथे फिस्टे मन् मा अर्को कोहि चारे पछि।

मुक्तक - उनी र म.......

                  "म"
संझनामा चिठी लेखी खाम पठाउछु।
दु:ख गरी कमाएर दाम पठाउछु।
पुस माघ को सिरेठोमा वस्नु तातो आभास गरी,
मिर्मीरे विहानी संगै न्यानो घाम पठाउछु।

                 "उनी"
सकुसल भै वस्नु सधै काम चांहिदैन।
छिट्टै फर्की आउनु प्यारा दाम चांहिदैन।
संगै वसी गांउ घर मै मेलापात गरौंला,
वरु मलाई सांझ विहान माम चांहिदैन।

२०६७/१०/१७
अशोक गौतम क्षितिज

Wednesday, August 10, 2011

गजल

देश रुंदा संगै आंशु झराउनु देश भक्त हो
देशकै माया ममतामा हराउनु देश भक्त हो।

आधुनिक खाना अनि मम पिजा चाउमीन छोडी
आटो पिठो गुन्द्रुकले पेट भराउनु देश भक्त हो।

देशलाई सधै वचाई राख्न मर्न पनि नडराई
अंध्यारोमा नयां किरण छराउनु देश भक्त हो।

भ्रष्टाचार र घुस पेठ ले राष्ट्र लाई डुवाउंछ
तिनी सवै वाट मुक्त गराउनु देश भक्त हो।

देश माथी को अत्याचार र अतिक्रमण हटाउन
सिमाना मा राष्ट्र झण्डा फराउनु देश भक्त हो।

२०६८/०४/२५
अशोक गौतम क्षितिज

Tuesday, August 9, 2011

Gazal

यो मन का पिडा व्यथा मन भित्रै गुन्छु  अचेल
विगद का ति पल संझी हिंक्क हिंक्क रुन्छु अचेल।

पहिलो माया पहिलो प्रेम गाह्रो भयो भुल्न लाई
ढुकढुकी मा अझै पनि तिम्रै आवाज सुन्छु अचेल।

म वाट टाढा भयौ तर पनि माया गर्छु
कल्पिन्छु र सपनीमा तिम्रै साथमा हुन्छु अचेल।

खै किन मन दुखायौ अनायासै पराई वन्यौ
अतितको संझना मा तिम्रै तस्विर चुम्छु अचेल।

खुशी हट्यो यो मन वाट उजाडियो जिवन पनि
विवसता र उदासता मा अंधेरी रात चुन्छु अचेल।

पिउने गर्छु सांझ विहान अलीकति मन संहाल्न
संहालिन्न यि आंशुले आफै लाई धुन्छु अचेल।

Monday, August 8, 2011

रोई रहेछ मेरो प्यारो नेपाल आज

हिजो जस्तै लाग्छ
नेपाल सुन्दर थियो।
शान्त थियो।
विशाल थियो।
पुर्व टिस्टा सम्म
पश्चिम कांगडा सम्म,
मेरो सुन्दर देश लुटियो।
टिस्टा र कांगडा लुटाईयो।
रोयो देश आंशुले भिज्यो,
विलौना गर्यो।
कोहि भएन मेरो देश को त्यो आंशु पुछिदिने।
रोएको मन भुलाउने।

हिजो जस्तै लाग्छ
कांगडा मेरो थियो।
हरियाली पाखा संगै
वाह्रै मास वसन्तको अनुभुती दिलांउथ्यो।
तर
तर आज कांगडा उजाडिदैछ।
अपहेलीत वनेको छ।
विलौना गरीरहेको छ।
कस्ले सुन्ने उसको आवाज?
छैन त्यो उसको मन लाई सान्त्वना दिने।

हिजो जस्तै लाग्छ
टिस्टा मेरो थियो।
मेरो छाती मा वग्थ्यो।
सुस्साउंदै सुस्साउंदै,
माया प्रिती लांउदै।
सलल सलल
निरन्तर
तर
आज रुंदै छ टिस्टा पनि वारी पारी मडारिदै,
सुन्दर नेपाली माटो मा वग्न चाहान्छ
नेपाली मन लाई झक्झक्याउछ।
विचरा कोहि छैन विरह मा मन भुलाईदिने।

हिजो जस्तै लाग्छ
सुस्ता सवै मेरो थियो।
जंहा मेरो पसिना वग्थ्यो।
मैले हल गोरु संगै कोदाली विसाउंथे
तर
तर अहिले भारतीय सेना परेड खेल्दै छन्।
वन्दुक र गोली विसाईन्छ
नेपाल आमा को छाती माथी,
सुस्ता चिच्याएको छ।
दिन दिनै नेपाली माटो सकिदैछ।
वास्ता छैन कसैलाई
सवैले तमासा हेर्दै छन्....
 अशोक गौतम क्षिति

Thursday, August 4, 2011

Gajal

के भनु खै मेरो देश् को पुरानै छन् हाल हरु
भोली भोली भन्दा भन्दै धेरै विते साल हरु।

हत्या हिंसा वढ्दै गयो आभास् छैन सु-शान्तीको
कैले वन्द हुन्छ वग्न रगतका छाल हरु।


सुनौला र रहरका सपना ती वांकी हुंदै
मर्नु पर्छ हामी गरीव् नआउदै काल हरु।

अपराधी संरक्षण् मा प्रशासन् कै सिफारिस् ले
अनायासै निर्दोषी ले भोग्नु पर्छ गाल हरु।

लोकतन्त्र गणतन्त्र सिमीत भो कागज मै
परिवर्तन् छैन केहि छ पुरानै चाल हरु।

आज गर्या कुराहरु वदलिन्छन् भोली पल्ट
फसाईन्छ सोझा लाई वुन्दै नयां जाल हरु।

जस्तो देश् को माहोल भो त्यस्तै ज्ञान मिल्ने रैछ
सानो वच्चा वोक्छु भन्छ वन्दुक का नाल हरु।
२०६८/०४/१८
अशोक गौतम क्षितिज

Monday, August 1, 2011

Gajal

यौवनको मिर्मीर विहानी मा तिमी
सधै भरी मेरै हातको सिरानी मा तिमी।

सर्माउछ्यौ मलाई हेर्दै छड्के नजर् पारी
पुर्णिमाको चांदनी झै जवानी मा तिमी।

हरपल हरक्षण तिम्रै याद तिंम्रै तस्वीर
रात पछिको मिर्मीरे त्यो विहानी मा तिमी।

सधै तिम्रै वरीपरी घुम्न मन लाग्छ
यिनै दोषी नजरको निशानी मा तिमी।

यो मायाको क्षितिज मा लुकामारी खेल्दै
यो मेरो जिवनको कहानी मा तिमी।

२०६७/०९/१६
अशोक गौतम क्षितिज