Sunday, August 14, 2011

गजल-यस् पालीको तिज् मा

यस् पालीको तिज् मा भने दिदी संगै नाच्नु पर्ला
मर्काउदै कम्मर् लाई मैले पनि भांच्नु पर्ला।

वुढी आमा भगवान् झैं चेली वेटी पाहुना रे
सानी पनि ससुराली भांडा आफै माझ्नु पर्ला।

आमा छोरा ससुराल् मा कस्तो दर खाने हुन् खै
छोरा अनि उन् को लागी थोरै दर सांच्नु पर्ला।

उता फेरी मेरी उनी तिज् को दिन व्रत वस्ने
दिर्घायु को कामना ले धेरै वर्ष वांच्नु पर्ला।

ठुली दिदी सानी दिदी वाटुली र चम्पा मध्य
कुन चांही धेरै राम्रो नाच्छन् नियालेर जांच्नु पर्ला।

२०६८/०४/२८
अशोक गौतम क्षितिज

0 comments:

Post a Comment