This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Thursday, June 30, 2011

Gajal

वेला वेला दाइलाई सम्झि माइत आउने रहर गरे
ज्वांई लाई पनि साथै जांउ भनीभनी कहर गरे।

सासुलाई र ससुरालाई जति सक्यो मान राख्नु
नन्द देवर अमाज्यु लाई मिठो वोली कदर गरे।

पराई घरमा सवै नयां साना ठुला वरावरी
साना लाई माया गरी ठुला लाई आदर गरे।

उल्काउन सक्छन वहिनी नाना थरी कुरा सुनाई
अरुका ति कुरा लाई सुनेपनि वदर गरे।

सधै भरी अविस्वासी हुन्छ वुहारीको जीवन
परिवार को सरसल्लाहा र निर्णय लाई सदर गरे।

www.kshitizashok.blogspot.com
गत वैशाखमा मेरो एउटी वहिनीको विवाहको दिन सांझ लेखेको गजल....... भयो भएन? सुधार्ने मौका दिनु होला

Gajal

जवानीको फुल फक्रि पाक्दा रमायौ
इशारा मा केहि कुरा माग्दा रमायौ।

छोयो अव जवानीले सानी छैनौ तिमी
फक्रेको जवानीको प्यास लाग्दा रमायौ।

चड्दै गयो दुवैलाई यौवनको नशा
ओंठ चुम्दै छातीमा हात राख्दा रमायौ।

हिजो भन्दा आज अलि वेग्लै छ मौसम
पलपल खुशीका सीमा नाघ्दा रमायौ।

छैन मन पटक्कै आउनु भन्छ्यौ फेरी
लखतरान परेर म थाक्दा रमायौ।

तिम्रै हातको सिरानी मा भुतुक्कै निदाए
कोल्टे फेर्दा वेला वेला जाग्दा रमायौ।

अशोक गौतम क्षितिज
पौंदिअमराई -३ गुल्मि

Wednesday, June 29, 2011

Gajal

जुनी जुनी तिम्लाई माया गर्न पाए हुन्थ्यो लुरी
तिम्रो ह्रिदयमा वसाई सर्न पाए हुन्थ्यो लुरी।

तिमीलाई यो दिलमा सजाई अनि हात समाई
मायाको त्यो महासागर तर्न पाए हुन्थ्यो लुरी।

यो मनको चाहाना र फक्रिएको जोवन संगै
चोखो दिल् को मझेरीमा चर्न पाए हुन्थ्यो लुरी।

फुल्दै अनि लहराउदै प्रक्रितीको वागमा हामी
मन्द मिठो सुवासना छर्न पाए हुन्थ्यो लुरी।

पवित्र त्यो नाता अनि पवित्रै सिन्दुर संगै
खाली सिंउदो मेरै हात ले भर्न पाए हुन्थ्यो लुरी।

सुख दु:ख पिडा व्यथा हांसो आंशु सयर गर्दै
तिम्रै काखमा रमाउदै मर्न पाए हुन्थ्यो लुरी।

अशोक गौतम क्षितिज
पौंदिअमराई -३ गुल्मि

Monday, June 27, 2011

Gajal(प्रदेशी छोराकोतर्फ बाट प्रतिउत्तर आमालाई)


प्रतिउत्तर के लेखु खै छैन केहि वात आमा
चिट्ठी पंढे भक्कानिए रोंए पुरै रात आमा।

हत्या हिंसा अपहरण देशको चाला सधै उस्तै
सुन् फलाउथे देशमै मैले राम्रो माहोल पात आमा।

भोकमरी र महङ्गीको चपेटामा हामि गरीव
धनी साहुको घरघरमा हुंदा अन्न खात आमा।

आज सम्म काम गरेको तलव दे म नेपाल जान्छु
भन्यो भने चिम्म गर्दै हान्छ मलाई लात आमा।

माइतै वस्न दिनु उनलाई नाती लाई घरमा ल्याउनु
मामा घरमा वस्यो भने चढ्छ उस्लाई मात आमा।

सावा व्याज कट्ठा गरी अर्को महिना वुझाउला
विन्ती गर्दै डल्ले साहुलाई जोड्नु दुवै हात आमा।

पढाइ छुट्दा वहिनीको झनै मन दुख्यो मेरो
अभागीनी रैछिन वहिनी पाइनीन् माईती साथ आमा।

नरे पनि भर्ती भएछ आफ्नो मान्छे सिफारीस ले
म पनि त हुन्थे होला ठांउमा आफ्ना भात आमा।

दिनु वद्ला भाग्य ले नि खोस्न मात्रै जान्यो हाम्रो
कहिले आउला सुदिन खै सधै भयो घात आमा।

अशोक गौतम क्षितिज
पौंदिअमराई- ३ गुल्मि
हाल- खाडी मुलिक........

Wednesday, June 22, 2011

Gajal (प्रदेशी छोरालाई आमाको तर्फ बाट प्रतीउत्तर )



चिठीको खाम पाए पछि धेरै आंशु झरे छोरा
होस् मा छु कि वेहोसमा दोधारमा परे छोरा।

चर्को घाम् मा ढुङ्गा फोर्छु भन्यौ तिम्ले विदेशमा
यहि पनि सुन फल्छ त्यती दु:ख गरे छोरा।

यसै पनि लुरे थियौ अझै धेरै दुव्लायौ कि
आठ घण्टा ड्युटी भन्यौ सोह्र घण्टा छरे छोरा।



आज सम्म काम गरेको तलव वुझी आउभो घर
कस्ले हेर्ला वहिनी लाइ म यत्तिकै मरे छोरा।

मिठो खान पार्लर जान नपाएर आज भोली
वुहारी र नाती पनि माइतै वसाइ सरे छोरा।

अन्तिम मिती आइसक्यो छैन घरमा पैसा कत्ति
के भनेर पठाउने हो आउछन् साहु भरे छोरा।

महङ्गी भो खर्च वढ्यो वैनीको फि तिरिएन
रुन्छ मन कस्तो कर्म रैछ हाम्रो हरे छोरा।

सरकारी जागीर खान्छ भर्ती भयो साथी पनि
तिमी भन्दा कमजोर थियो तिम्रो साथी नरे छोरा।

अव कुन्नी एक् दुई वर्ष भन्दा धेरै वांच्दिन की
छैन होस पिरै पिरले भैछु वर वरे छोरा

सन्ध्या & विना भण्डारी
फर्साटिकर, रुपन्देही

Tuesday, June 21, 2011

Gajal(प्रदेशी छोराको तर्फबाट आमालाई चिट्ठी )

शव्द कोरी रहस्यका पठाकोछु खाममा आमा
ढुङ्गा गीटी फोर्ने गर्छु टन्टलापुर घाममा आमा।

आठ घन्टा ड्युटी भने गरेको छु सोह्र घन्टा
खटेको छु जनतन रात दिन साममा आमा।

चोट लाग्छ ऐया भन्छु दुख्छ जिउ शिर पाउ
दवाई मुलो गर्नु छैन राता नीला डाममा आमा।

पल्लो गांउको हर्केको नि उहि हो चाला मेरो जस्तै
हात राख्छ गनाउने शौचालयको जाममा आमा।

नेपाली ले नेपाली लाई नचिनेझैं गर्दा खेरी
विपत पर्दा कस्को साथ पाउनु पराई ठाममा आमा।

लग्यो अरे व्याजको वद्ला लैनो भैंसी डल्ले साहुले
मन दुख्यो खुन् पसिना साटेको छु दाममा आमा।

अर्को महिना रामे आंउछ पठाउछु धन् ऋण तिर्नु
चुक्ता गरी घर् वारी लाई गर्नु आफ्नै नाममा आमा।

तोते वोली वोल्दै थियो छाडी आंए सानो छोरा
संझनामा नयन् धारा खस्छन् खांदा माममा आमा।

उनलाई पनि नरमाइलो लाग्छ होला वेला वेला
माइत भेज्नु वुहारी लाई मेला पर्व राममा आमा।

उमेर ले नि साठ्ठी नाघ्यौ पेटको दिर्घ रोगी थियौ
वैंशमा जस्तो हुन्न अव ध्यान नदिनु काममा आमा।

परिवर्तन् भाछ भन्छन् जिज्ञासा ले मुटु पोल्छ
आजकल् त मोटर पनि जान्छ अरे गाममा आमा।

अशोक क्षितिज

जे गरे पनि दोष.......

करायो भन्यौ
गरायो भन्यौ।

दौडी आंउदा
खरायो भन्यौ।

राम्री छ्यौ भन्दा
सरायो भन्यौ।

वोल्दैमा मन
परायो भन्यौ।

धद्कीदा छाती
डरायो भन्यौ।

खुशि वनौदा
हरायो भन्यौ।

उपचार् गर्दा
चरायो भन्यौ।

हेर्दा यि आंखा
तरायो भन्यौ।

पर्खन भन्दा
टरायो भन्यौ।

Monday, June 20, 2011

गजल - संझिए.........

याद आउदा संगी-साथीको नाउलाई संझिए,
हांस्दै खेल्दै हुर्किएको गांउलाई संझिए।

सांझ विहान वन जंगल दाउरा घांस गर्दा,
चरचरी फुटेका ति पाउलाई संझिए।

स्कुल पढ्दा कापी किताव किन्न ऋण माग्दा,
दोव्वर तेव्वर व्याज लाउने साउलाई संझिए।

गर्भ मै मलाई छोडी स्वर्गेवास हुनुभको,
सहाराको खोजीमा उही वाउलाई संझिए।

गरीवी र भोकमरी को पिडा अनि व्यथा संगै,
पलपल दुखिरहने यै घाउलाई संझिए।

कुनै सामान छोइसक्नु किनी सक्नु छैन,
दिन दिनै उर्लिएको भाउलाई संझिए।

जननी जन्म भुमिस्च स्वर्गादपि गरीएसी,
माया लाग्छ जन्मिएको ठाउलाई संझिए।

गजल - मिलन पछि........

दुई मुटुका वाचा अनि कसमहरु तोड्दा रोएं,
मलाई छोडी मनको साइनो अन्तै तिर जोड्दा रोएं।

फुलेपछि फल लाउछ लहरांउछ भन्थे माया,
त्यहि मायालाई फुल्नै नदिई जरै वाट गोड्दा रोएं।

संगै जीउने संगै मर्ने वाचा कसम थाती थिए,
सुनौलो त्यो यात्रा विचमा तिम्ले वाटो मोड्दा रोएं।

एक्लो यात्रा कठिन थियो साहारामा तिमी आयौ,
गन्तव्य मै नपुर्याई दोवाटो मा छोड्दा रोएं।

मेरो माया लत्याएर हांसी खुशी राजी वनी,
पराई को सिन्दुर अनि उस्कै घुम्टो ओढ्दा रोएं।

Saturday, June 18, 2011

गजल - उनले भन्या कुरा......

नाम त मेरो अशोक थियो तर उनी काले भन्थीन,
ठट्टा गर्दै म त पोथी हजुर त भाले भम्थीन।

हात माथी हात राखी संगै जिउने वाचा गर्दा,
सधै हजुर साथमा भए संसार झाले माले भन्थीन।

हामी दुई को मिलन भयो पछिकालाई टक्कर दिन्छु,
कोही कसैले नजर लाए खालास चप्पल साले भन्थीन।

दिदीको नी लभ म्यारीज भो मैले पनि यसै गरे,
कहिले कांही माइत जांदा मार्ने होलान वाले भन्थीन।

संग संगै विताएका विगदका ति रात संझिदै,
मन वुझाउन सिरानीलाई अंगालो मा हाले भन्थीन।

तन मात्र अलग्गै हो मन मुटु एउटै हाम्रो,
त्यै मनको "क्षितिज" वाट चिहाउन थाले भन्थीन।

गजल - भन्थ्यौ प्यारी.........

हुनुपर्छ तिम्रो मेरो विहे भन्थ्यौ प्यारी,
मन मुटु सवै तिम्लाई दिए भन्थ्यौ प्यारी।

उजाड मेरो जिन्दगीमा वहार वनी आयौ र त,
फाटेको यो मनलाई सिए भन्थ्यौ प्यारी।

जुनी जुनी सयौं जुनी तिमी संगै हुन
यो धर्तीमा मैले जन्म लिए भन्थ्यौ प्यारी।

कहिले कांही टाढा भई संपर्क वाहिर हुंदा,
मन संहाल्न अलिकती पिए भन्थ्यौ प्यारी।

दु:ख सुख हांसो आंशु तिमीसंग सयर गर्न,
त्यै मनको क्षितिज वाट चिए भन्थ्यौ प्यारी।

अशोक गौतम क्षितिज 

Friday, June 17, 2011

गजल- कस्तो हुन्थ्यो नेपाल

कस्तो हुन्थ्यो देशमा नयां संविधान का धारा वने
हिमाल् पहाड तराई मधेश् संव्रिद सारा वने।

वैदेशिक हस्तक्षेप ले मुक्त हुन्थ्यो हाम्रो नेपाल
हाम्रा नेता भनाउदा हरु करौंती र आरा वने।

गरिव दुखी जनताको पिडा व्यथा भुलाएर
मन वुझ्थ्यो तिनै जनको दिलको अभिभारा वने।

विकास गर्न भाई वन्धु र भ्रष्टाचारी नगरेर
वन्थ्यो नेपाल सवैमा सदाचारी पारा वने।

हत्या अनि हिंसा त्यागी वन्द हड्ताल रुकाएर
नयां नेपाल सुन्दर शान्त विशालको नारा वने।

जुन ठांउमा गए पनि गर्भ गर्न पाउथ्यौ होला
विस्व माझ चम्किदिने हाम्रो नेपाल तारा वने।

दोष्.........

करायो भन्यौ
गरायो भन्यौ।

दौडी आंउदा
खरायो भन्यौ।

राम्री छ्यौ भन्दा
सरायो भन्यौ।

वोल्दैमा मन
परायो भन्यौ।

धद्कीदा छाती
डरायो भन्यौ।

खुशि वनौदा
हरायो भन्यौ।

उपचार् गर्दा
चरायो भन्यौ।

हेर्दा यि आंखा
तरायो भन्यौ।

पर्खन भन्दा
टरायो भन्यौ।

प्रदेशीए पछि.......

सवै वाट टाढा छु म घरको याद आयो
विगदका ति सवै पल भरको याद आयो।

चिसो हावा, डांडा पाखा छैन कठै आकाश मात्रै
चौतारीको पिपल अनि वरको याद आयो।

गगन् चुम्वि महलहरु आधुनिकता देखासिकी
ओत लाग्ने झुपडी त्यो खरको याद आयो।

कमाउन प्रदेश आइयो भने जस्तो तलव छैन
दिनानु-दिन् वढेको भाउ दरको याद आयो।

स्वतन्त्र हुनु कंहा जेलमा जस्तै वस्नु पर्ने
वा-आमाले संझाउदाको डरको याद आयो।

पढेपछि ठुलो मान्छे भइन्छ भन्थे पढाउदा
चेत पाइयो आज त्यहि सरको याद आयो।

गजल

खेती पाती गर्नु पर्दा एक्लै वेशी नझरे
वर्षा लाग्यो साउने भेलमा खोली नतरे।

तिम्रो माया साथमा लिई टाढा आए प्रदेशमा
आफ्नो ख्याल गर्नु धेरै मेरो चिन्ता नगरे।

समय मै तलव पाए अर्को महिना पठाउछु धन
त्यो डल्ले साहुको रिण तिरे व्याज मा नपरे।

पानी पर्दा खरको छानो चुहिन्छ होला धुरी वाट
टाल टुल गरी वस्नु घरै अन्त वसाई नसरे।

अझै दुई वर्ष जती लाग्न सक्छ म फर्किन
कठोर मन गरी वस्नु सानु डर्दै नडरे।

रुनलाई त जुन पनि रुन्छ अरे अंधेरीमा
मेरै यादमा कल्पिएर आंखामा आंशु नभरे।

मर्ने वांच्ने कसैको नि ठेगान छैन यो ठांउमा
वांचे भेट होला सानु म यतै नमरे।

Gajal

वस्यौ वाटो हेरी
फर्किए म फेरी।

र त जुध्यो नजर्
चियाउंदा खेरी।

चोखो त होलानी
त्यो दिल् को मझेरी।

मलाई नै पर्खि
कुवा र पंधेरी।

वलि दिप् झैं तिमी
हिंडौला अंधेरी।

राखे म तिम्लाई
माया जाल् मा वेरी।

राम्री चन्द्रमा झै
रैछ्यौ माया मेरी।

अशोक गौतम क्षितिज
www.kshitizashok.blogspot.com
kshitizashok@gmail.com

गजल- अशोक क्षितिज

तन एउटै मन एउटै धड्कन एउटै शास थियो
मेरो मनको मझेरीमा उनको सुन्दर वास थियो।

सर्प जस्तै प्रक्रिती नि कांचुलीन्छ वेला वेला
उजाडेको शिषिर पछि वसन्तको मास थियो।

जुनेली त्यो रातमा सहयात्रा हात समाउदै
हाम्रो सामु प्रक्रितीको समय पनि दास थियो।

मुना मदन जस्तै जोडी वन्यो संसार लोभ्याउने
शुन्य रात सत्रु वैरी विघ्नताको त्रास थियो।

फुल्दै झुल्दै लहराउदै प्रक्रितीको वागमा हामि
मग् मगाउदो खुस्वुरत पारीजात पास थियो।

सुस्त सुस्त छेकीयो जुन क्षितिज संगै स्पर्शिदै
वाकी पल उषाकालीन प्रभातको आश थियो।

Sunday, June 12, 2011

Gajal

हाम्रो देशका छ सय एक् कुपुत्रलाई मारौं साथी
कालो मोसो दलाएर महाकाली तारौं साथी।

नयां नेपाल भन्दै यिनले फाल्छन सधै कुहेको शास
नकटा का दांत वंगारा गनि गनि झारौं साथी।

हामि गरीव जनताका खुन पसिनामा राज गरे
घैंटा जस्ता यिनका भुंडी खोल्स्याएर दारौं साथी।

संविधान् लेख्ने होइन सधै जान्छन् झाम्रे गाउछन्
संसद घरको मुल गेटमा कांडेतारले वारौं साथी।

यिनको आशमा वस्यो भने सिटामोल् नि पाईदैन
कर्णालीका गांउ वस्ती हामि आफै चारौं साथी।

अशोक गौतम "क्षितिज"
संकरनगर-२, शारदा स्कुल रुपन्देही
हाल-खाडी मुलुक........वाट