Monday, June 20, 2011

गजल - संझिए.........

याद आउदा संगी-साथीको नाउलाई संझिए,
हांस्दै खेल्दै हुर्किएको गांउलाई संझिए।

सांझ विहान वन जंगल दाउरा घांस गर्दा,
चरचरी फुटेका ति पाउलाई संझिए।

स्कुल पढ्दा कापी किताव किन्न ऋण माग्दा,
दोव्वर तेव्वर व्याज लाउने साउलाई संझिए।

गर्भ मै मलाई छोडी स्वर्गेवास हुनुभको,
सहाराको खोजीमा उही वाउलाई संझिए।

गरीवी र भोकमरी को पिडा अनि व्यथा संगै,
पलपल दुखिरहने यै घाउलाई संझिए।

कुनै सामान छोइसक्नु किनी सक्नु छैन,
दिन दिनै उर्लिएको भाउलाई संझिए।

जननी जन्म भुमिस्च स्वर्गादपि गरीएसी,
माया लाग्छ जन्मिएको ठाउलाई संझिए।

0 comments:

Post a Comment