Friday, June 17, 2011

गजल- अशोक क्षितिज

तन एउटै मन एउटै धड्कन एउटै शास थियो
मेरो मनको मझेरीमा उनको सुन्दर वास थियो।

सर्प जस्तै प्रक्रिती नि कांचुलीन्छ वेला वेला
उजाडेको शिषिर पछि वसन्तको मास थियो।

जुनेली त्यो रातमा सहयात्रा हात समाउदै
हाम्रो सामु प्रक्रितीको समय पनि दास थियो।

मुना मदन जस्तै जोडी वन्यो संसार लोभ्याउने
शुन्य रात सत्रु वैरी विघ्नताको त्रास थियो।

फुल्दै झुल्दै लहराउदै प्रक्रितीको वागमा हामि
मग् मगाउदो खुस्वुरत पारीजात पास थियो।

सुस्त सुस्त छेकीयो जुन क्षितिज संगै स्पर्शिदै
वाकी पल उषाकालीन प्रभातको आश थियो।

0 comments:

Post a Comment