Saturday, June 18, 2011

गजल - भन्थ्यौ प्यारी.........

हुनुपर्छ तिम्रो मेरो विहे भन्थ्यौ प्यारी,
मन मुटु सवै तिम्लाई दिए भन्थ्यौ प्यारी।

उजाड मेरो जिन्दगीमा वहार वनी आयौ र त,
फाटेको यो मनलाई सिए भन्थ्यौ प्यारी।

जुनी जुनी सयौं जुनी तिमी संगै हुन
यो धर्तीमा मैले जन्म लिए भन्थ्यौ प्यारी।

कहिले कांही टाढा भई संपर्क वाहिर हुंदा,
मन संहाल्न अलिकती पिए भन्थ्यौ प्यारी।

दु:ख सुख हांसो आंशु तिमीसंग सयर गर्न,
त्यै मनको क्षितिज वाट चिए भन्थ्यौ प्यारी।

अशोक गौतम क्षितिज 

0 comments:

Post a Comment