Thursday, June 30, 2011

Gajal

जवानीको फुल फक्रि पाक्दा रमायौ
इशारा मा केहि कुरा माग्दा रमायौ।

छोयो अव जवानीले सानी छैनौ तिमी
फक्रेको जवानीको प्यास लाग्दा रमायौ।

चड्दै गयो दुवैलाई यौवनको नशा
ओंठ चुम्दै छातीमा हात राख्दा रमायौ।

हिजो भन्दा आज अलि वेग्लै छ मौसम
पलपल खुशीका सीमा नाघ्दा रमायौ।

छैन मन पटक्कै आउनु भन्छ्यौ फेरी
लखतरान परेर म थाक्दा रमायौ।

तिम्रै हातको सिरानी मा भुतुक्कै निदाए
कोल्टे फेर्दा वेला वेला जाग्दा रमायौ।

अशोक गौतम क्षितिज
पौंदिअमराई -३ गुल्मि

0 comments:

Post a Comment