Monday, June 20, 2011

गजल - मिलन पछि........

दुई मुटुका वाचा अनि कसमहरु तोड्दा रोएं,
मलाई छोडी मनको साइनो अन्तै तिर जोड्दा रोएं।

फुलेपछि फल लाउछ लहरांउछ भन्थे माया,
त्यहि मायालाई फुल्नै नदिई जरै वाट गोड्दा रोएं।

संगै जीउने संगै मर्ने वाचा कसम थाती थिए,
सुनौलो त्यो यात्रा विचमा तिम्ले वाटो मोड्दा रोएं।

एक्लो यात्रा कठिन थियो साहारामा तिमी आयौ,
गन्तव्य मै नपुर्याई दोवाटो मा छोड्दा रोएं।

मेरो माया लत्याएर हांसी खुशी राजी वनी,
पराई को सिन्दुर अनि उस्कै घुम्टो ओढ्दा रोएं।

0 comments:

Post a Comment