Friday, June 17, 2011

गजल

खेती पाती गर्नु पर्दा एक्लै वेशी नझरे
वर्षा लाग्यो साउने भेलमा खोली नतरे।

तिम्रो माया साथमा लिई टाढा आए प्रदेशमा
आफ्नो ख्याल गर्नु धेरै मेरो चिन्ता नगरे।

समय मै तलव पाए अर्को महिना पठाउछु धन
त्यो डल्ले साहुको रिण तिरे व्याज मा नपरे।

पानी पर्दा खरको छानो चुहिन्छ होला धुरी वाट
टाल टुल गरी वस्नु घरै अन्त वसाई नसरे।

अझै दुई वर्ष जती लाग्न सक्छ म फर्किन
कठोर मन गरी वस्नु सानु डर्दै नडरे।

रुनलाई त जुन पनि रुन्छ अरे अंधेरीमा
मेरै यादमा कल्पिएर आंखामा आंशु नभरे।

मर्ने वांच्ने कसैको नि ठेगान छैन यो ठांउमा
वांचे भेट होला सानु म यतै नमरे।

0 comments:

Post a Comment