Saturday, June 18, 2011

गजल - उनले भन्या कुरा......

नाम त मेरो अशोक थियो तर उनी काले भन्थीन,
ठट्टा गर्दै म त पोथी हजुर त भाले भम्थीन।

हात माथी हात राखी संगै जिउने वाचा गर्दा,
सधै हजुर साथमा भए संसार झाले माले भन्थीन।

हामी दुई को मिलन भयो पछिकालाई टक्कर दिन्छु,
कोही कसैले नजर लाए खालास चप्पल साले भन्थीन।

दिदीको नी लभ म्यारीज भो मैले पनि यसै गरे,
कहिले कांही माइत जांदा मार्ने होलान वाले भन्थीन।

संग संगै विताएका विगदका ति रात संझिदै,
मन वुझाउन सिरानीलाई अंगालो मा हाले भन्थीन।

तन मात्र अलग्गै हो मन मुटु एउटै हाम्रो,
त्यै मनको "क्षितिज" वाट चिहाउन थाले भन्थीन।

0 comments:

Post a Comment