Tuesday, June 21, 2011

Gajal(प्रदेशी छोराको तर्फबाट आमालाई चिट्ठी )

शव्द कोरी रहस्यका पठाकोछु खाममा आमा
ढुङ्गा गीटी फोर्ने गर्छु टन्टलापुर घाममा आमा।

आठ घन्टा ड्युटी भने गरेको छु सोह्र घन्टा
खटेको छु जनतन रात दिन साममा आमा।

चोट लाग्छ ऐया भन्छु दुख्छ जिउ शिर पाउ
दवाई मुलो गर्नु छैन राता नीला डाममा आमा।

पल्लो गांउको हर्केको नि उहि हो चाला मेरो जस्तै
हात राख्छ गनाउने शौचालयको जाममा आमा।

नेपाली ले नेपाली लाई नचिनेझैं गर्दा खेरी
विपत पर्दा कस्को साथ पाउनु पराई ठाममा आमा।

लग्यो अरे व्याजको वद्ला लैनो भैंसी डल्ले साहुले
मन दुख्यो खुन् पसिना साटेको छु दाममा आमा।

अर्को महिना रामे आंउछ पठाउछु धन् ऋण तिर्नु
चुक्ता गरी घर् वारी लाई गर्नु आफ्नै नाममा आमा।

तोते वोली वोल्दै थियो छाडी आंए सानो छोरा
संझनामा नयन् धारा खस्छन् खांदा माममा आमा।

उनलाई पनि नरमाइलो लाग्छ होला वेला वेला
माइत भेज्नु वुहारी लाई मेला पर्व राममा आमा।

उमेर ले नि साठ्ठी नाघ्यौ पेटको दिर्घ रोगी थियौ
वैंशमा जस्तो हुन्न अव ध्यान नदिनु काममा आमा।

परिवर्तन् भाछ भन्छन् जिज्ञासा ले मुटु पोल्छ
आजकल् त मोटर पनि जान्छ अरे गाममा आमा।

अशोक क्षितिज

0 comments:

Post a Comment