Thursday, August 11, 2011

मुक्तक - उनी र म.......

                  "म"
संझनामा चिठी लेखी खाम पठाउछु।
दु:ख गरी कमाएर दाम पठाउछु।
पुस माघ को सिरेठोमा वस्नु तातो आभास गरी,
मिर्मीरे विहानी संगै न्यानो घाम पठाउछु।

                 "उनी"
सकुसल भै वस्नु सधै काम चांहिदैन।
छिट्टै फर्की आउनु प्यारा दाम चांहिदैन।
संगै वसी गांउ घर मै मेलापात गरौंला,
वरु मलाई सांझ विहान माम चांहिदैन।

२०६७/१०/१७
अशोक गौतम क्षितिज

0 comments:

Post a Comment