Wednesday, August 10, 2011

गजल

देश रुंदा संगै आंशु झराउनु देश भक्त हो
देशकै माया ममतामा हराउनु देश भक्त हो।

आधुनिक खाना अनि मम पिजा चाउमीन छोडी
आटो पिठो गुन्द्रुकले पेट भराउनु देश भक्त हो।

देशलाई सधै वचाई राख्न मर्न पनि नडराई
अंध्यारोमा नयां किरण छराउनु देश भक्त हो।

भ्रष्टाचार र घुस पेठ ले राष्ट्र लाई डुवाउंछ
तिनी सवै वाट मुक्त गराउनु देश भक्त हो।

देश माथी को अत्याचार र अतिक्रमण हटाउन
सिमाना मा राष्ट्र झण्डा फराउनु देश भक्त हो।

२०६८/०४/२५
अशोक गौतम क्षितिज

0 comments:

Post a Comment