Thursday, August 11, 2011

गजल

मैले पनि माया मारे तिम्ले माया मारे पछि
चोखो माया गर्दा पनि  विच् मै एक्लो पारे पछि।

सयौं जुनी संगै हुने वाचा कसम् विर्सिएर
यो मनका सवै रहर् कोपिला मै झारे पछि।

फुलै फुल् को संसार दिने प्रलोभन देखाएर
कांडे तार् को वार् लगाई त्यो मन् लाई वारे पछि।

सोध्दा खेरी साथी हरु तेरो माया के भो भन्दै
तर्काउदै कुरा मोडी त्यत्तिकै मा टारे पछि।

संझनाका चिनो हरु फ्यांकि दियौ दोवाटो मा
तिम्रो नाथे फिस्टे मन् मा अर्को कोहि चारे पछि।

0 comments:

Post a Comment