Saturday, July 2, 2011

Gajal

गांउ वस्ती अंधेरै छ प्रकाश् लिई आंउछु आमा।
सवैको मन जित्न लाई विस्वास् लिई आंउछु आमा।

हुम्ला जुम्ला मुगु डोल्पा वसेका छन वाटो हेरी
शिक्षा स्वास्थ्य संचार संगै विकास् लिई आंउछु आमा।

हत्या हिंसा वलात्कार को होडवाजी लाई अन्त गरी
चारैतिर सु-शान्तिको आभास् लिई आंउछु आमा।

कालापानी सुस्ता कति भक्कानिदै रोएका छन्
त्यहां फेरी परिवर्तन् को सुवास लिई आंउछु आमा।

छुवाछुत् र विभेदको अन्त्य भको छैन अझै
समानताको साझा एउटै आकाश लिई आंउछु आमा।

सडकमा रात वित्छ भोका नाङ्गा अनाथको
तिनलाई फेरी गास वास कपास लिई आंउछु आमा।

देश डुवाउने भतुवा र भ्रष्टाचारी नेता लाई
भगाई कैलै नफर्किने निकास लिई आंउछु आमा।

अशोक गौतम क्षितिज
पौंदिअमराई- ३ गुल्मि

0 comments:

Post a Comment