Friday, July 22, 2011

Gajal

पहिलो भेट मै नजरको तिर हान्यौ र त विग्रिए म
अरु भन्दा अली वेग्लै ठान्यौ र त विग्रिए म।

सारा संसार विर्सिएर च्याप्प हात समाई मेरो
दुनियां मा मलाई नै छान्यौ र त विग्रिए म।

ईशारा नै काफि भयो एउटा आंखा मारे पछि
यो मन ले के खोज्या हो जान्यौ र त विग्रिए म।

कल्कलाउंदो चल्चलाउंदो उथल पुथल यौवनको
नशा संगै अंगालोमा वान्यौ र त विग्रिए म।

मेरो पनि होस गुम्यो चुल्वुले त्यो आदतले
जवर जस्ती ओछ्यान् तिर तान्यौ र त विग्रिए म।

गाला अनि ओंठ चुम्दै एउटै चिज मागेको थें
आलीङ्गन् मा खुशी हुदै मान्यौ र त विग्रिए म।


अशोक गौतम क्षिति


0 comments:

Post a Comment