Sunday, September 4, 2011

गजल

भेट्न हिंडे उनी लाई अपरिचीत् ठाम भयो
त्यसै वेला कुरीन्टार् मा ठुलै ट्राफिक् जाम भयो।

विच्याड् छुट्यो जातीविधी पार हुने पालो कुर्दा
अघि छिर्ने वाटो छैन पछि मेरो नाम भयो।

आधा घण्टा थोरै अघि घर वाट हिड्न पाईन
टाउको खाने विना फल् को वेफुर्सदी काम भयो।

सुर्य गयो आफ्नै देश क्षितिज् लाई चुम्दै चुम्दै
झिस् मिस् झिस् मिस् अधेंरीदै वाकी पल साम भयो।

नयां ठांउ नयां मान्छे मध्यरात् मा कहां जानु
भेट्न सफल् भैन अनि ठुलै लिला राम भयो।
२०६८/०३/१९

अशोक गौतम क्षितिज
पौंदीअमराई ३ गुल्मी
हाल- वुटवल संकरनगर

0 comments:

Post a Comment