Saturday, October 22, 2011

गजल- माला उन्न सयपत्री मखमली विन्दै हौली।



माला उन्न सयपत्री मखमली विन्दै हौली।
यस् पाली त म आउने अरु भन्दा भिन्दै हौली।

टिका लाउन भिनाजु नी जाने होलान् वैनी कंहा,
दुवै जना छिट्टै घर फर्कने दिन् छिन्दै हौली।


प्रदेश वाट म आउने घर् मा पनि खुशी होला,
सप्तरंगी टिका संगै ओखर् मिठाई किन्दै हौली।

झिनी फिनी सेल रोटी तिल अनि कांक्रो अचार्,
के के वन्यो परिकार नियालेर गिन्दै हौली।

चारैतिर झिलीमिली तिहारको रौनक् अर्कै,
खुशी हुंदै डाडा माथी रोटे पिङ् मा रिङ्दै हौली।

सुरु पनि भयो होला दिंउसी भैलो खेल्न लाई,
साथी संगै रमाउदै भैलो तिर हिन्दै हौली।

२०६८/०७/०५

अशोक गौतम क्षितिज

0 comments:

Post a Comment