Saturday, September 7, 2019

गजल

माग्नु परे तपाइँ सबै अटुट माग्नुहुन्छ ।
नमस्तेको आदत मेरो स्यालुट माग्नुहुन्छ ।

ढाका टोपी दौरा सुरुवाल पहिचान बिर्सिनु भो ।
शहर झर्या अर्को दिनमै टाइ सुट माग्नुहुन्छ ।

रेस्टुरेन्टमा सान सङ्ग टिप्स दिने तपाई आफै,
फुटपाथमा पोलेको मकैमा छुट माग्नुहुन्छ ।

न हजुरले बुझाउनु भो न म आफै बुझ्न सके,
पावर वाला चस्मा पनि टुटफुट माग्नुहुन्छ ।

अशोक गौतम "क्षितिज"
बुटवल, रुपन्देही ।

0 comments:

Post a Comment