This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Monday, August 8, 2011

रोई रहेछ मेरो प्यारो नेपाल आज

हिजो जस्तै लाग्छ
नेपाल सुन्दर थियो।
शान्त थियो।
विशाल थियो।
पुर्व टिस्टा सम्म
पश्चिम कांगडा सम्म,
मेरो सुन्दर देश लुटियो।
टिस्टा र कांगडा लुटाईयो।
रोयो देश आंशुले भिज्यो,
विलौना गर्यो।
कोहि भएन मेरो देश को त्यो आंशु पुछिदिने।
रोएको मन भुलाउने।

हिजो जस्तै लाग्छ
कांगडा मेरो थियो।
हरियाली पाखा संगै
वाह्रै मास वसन्तको अनुभुती दिलांउथ्यो।
तर
तर आज कांगडा उजाडिदैछ।
अपहेलीत वनेको छ।
विलौना गरीरहेको छ।
कस्ले सुन्ने उसको आवाज?
छैन त्यो उसको मन लाई सान्त्वना दिने।

हिजो जस्तै लाग्छ
टिस्टा मेरो थियो।
मेरो छाती मा वग्थ्यो।
सुस्साउंदै सुस्साउंदै,
माया प्रिती लांउदै।
सलल सलल
निरन्तर
तर
आज रुंदै छ टिस्टा पनि वारी पारी मडारिदै,
सुन्दर नेपाली माटो मा वग्न चाहान्छ
नेपाली मन लाई झक्झक्याउछ।
विचरा कोहि छैन विरह मा मन भुलाईदिने।

हिजो जस्तै लाग्छ
सुस्ता सवै मेरो थियो।
जंहा मेरो पसिना वग्थ्यो।
मैले हल गोरु संगै कोदाली विसाउंथे
तर
तर अहिले भारतीय सेना परेड खेल्दै छन्।
वन्दुक र गोली विसाईन्छ
नेपाल आमा को छाती माथी,
सुस्ता चिच्याएको छ।
दिन दिनै नेपाली माटो सकिदैछ।
वास्ता छैन कसैलाई
सवैले तमासा हेर्दै छन्....
 अशोक गौतम क्षितिज

Thursday, August 4, 2011

Gajal

के भनु खै मेरो देश् को पुरानै छन् हाल हरु
भोली भोली भन्दा भन्दै धेरै विते साल हरु।

हत्या हिंसा वढ्दै गयो आभास् छैन सु-शान्तीको
कैले वन्द हुन्छ वग्न रगतका छाल हरु।

सुनौला र रहरका सपना ती वांकी हुंदै
मर्नु पर्छ हामी गरीव् नआउदै काल हरु।

अपराधी संरक्षण् मा प्रशासन् कै सिफारिस् ले
अनायासै निर्दोषी ले भोग्नु पर्छ गाल हरु।

लोकतन्त्र गणतन्त्र सिमीत भो कागज मै
परिवर्तन् छैन केहि छ पुरानै चाल हरु।

आज गर्या कुराहरु वदलिन्छन् भोली पल्ट
फसाईन्छ सोझा लाई वुन्दै नयां जाल हरु।

जस्तो देश् को माहोल भो त्यस्तै ज्ञान मिल्ने रैछ
सानो वच्चा वोक्छु भन्छ वन्दुक का नाल हरु।
२०६८/०४/१८
अशोक गौतम क्षितिज

Monday, August 1, 2011

Gajal

यौवनको मिर्मीर विहानी मा तिमी
सधै भरी मेरै हातको सिरानी मा तिमी।

सर्माउछ्यौ मलाई हेर्दै छड्के नजर् पारी
पुर्णिमाको चांदनी झै जवानी मा तिमी।

हरपल हरक्षण तिम्रै याद तिंम्रै तस्वीर
रात पछिको मिर्मीरे त्यो विहानी मा तिमी।

सधै तिम्रै वरीपरी घुम्न मन लाग्छ
यिनै दोषी नजरको निशानी मा तिमी।

यो मायाको क्षितिज मा लुकामारी खेल्दै
यो मेरो जिवनको कहानी मा तिमी।

२०६७/०९/१६
अशोक गौतम क्षितिज