This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Tuesday, January 24, 2017

गजल

यस्तो अचम्मको समय भए पछी ।
सुर न ताल विना लय भए पछी ।

शान्ति र शुरक्षाको के आशा गर्नु,
प्रहरी वाट नै भय भए पछी ।

विचरा सोझा जनताले पत्याउनै पर्छ,
नेता मन्त्री को अभिनय भए पछी ।

मेरो देशको प्रगती खै कैले होला ?
हार्ने र मार्नेकै जय भए पछी ।

१७ हजारको आत्माले न्याय पांउछ,
हत्यारा को मिती तय भए पछी ।

अशोक गौतम "क्षितिज"
वुटवल, रुपन्देही

Tuesday, September 20, 2016

मुक्तक

गाउँ बस्ती पखेराका गोठमा आउ शान्ति ।
हुम्ला जुम्ला मुगू जाजरकोटमा आउ शान्ति ।
उत्साह र जनसक्ती प्रवसिन्छ जहाज चढ्दै
बस्ती बस्ती का पिडा अनि चोटमा आउ शान्ति ।

Ashok Gautam Kshitiz

Sunday, September 18, 2016

सु-शान्तीको आभाश छैन

सु- शान्तीको आभास छैन सवको ज्यान धराप मा छ।
अधिकार को कुरै छोंडौ झन् संविधान धराप मा छ।

सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली हौं,
रिमिक्स हुन सक्छ यो पनि राष्ट्रिय गान धराप मा छ।

नेपाल आमाको छाती माथी परेड खेल्दैछन विदेशी,
हेर्नोस दशगजा अनि सुस्ता को मैदान धराप मा छ।

जसको दिमाग मा गोवर छ उसको हातमा सत्ता छ,
कस्ले वनाउने हो देश देशको स्वाभिमान धराप मा छ।

गुन्यौ चोली विर्सिईन उनी मिनिस्कर्ट नी हो की होईन,
विचरा उनको कामुक पहिरन मुस्कान धरापमा छ।

खोज आविस्कार गर्छ मान्छे सहज अनि विकासको निम्ती,
सुविधा संगै चुनौती पनि छन् विज्ञान धराप मा छ।

अशोक गौतम "क्षितिज"
Tinau 98.2 FM , Butwal