Tuesday, February 28, 2017

गजल

सरकार निदाएकै छ, भोली पनि निदाउछ हिजो पनि निदांउथ्यो ।
विकासको नाम मा कहां कती भ्रष्ट्राचार गर्ने योजना वनाउथ्यो ।

मेरी आमा घण्टौ लगाएर एक गाग्री पानी भरेर ल्याउछिन्,
नजिकैको मुखिया वुढो आफ्नो खेतमा सिंचाई लगाउथ्यो ।

आफु महलमा छिर्यो विचरा ति विर योद्धाको सपना विर्सियो,
जनताको लागी भन्दै जंगल जंगल भोकै हिंडाउथ्यो र लडाउथ्यो ।

आज वुद्ध वन्छु भन्छ र शान्तीको नाउमा विगुल फुक्छ,
हिजो उसैले परेवा मार्थ्यो र सवैलाई क्रान्ती पढांउथ्यो ।

मेरो गौतम वुद्धलाई भारतमा जन्मिएको भन्नेहरु सुन,
तिम्रो गान्धीले यहां चटपटे वेच्थ्यो र जुत्ता सिलाउथ्यो ।

अशोक गौतम क्षितिज
वुटवल, रुपन्देही

0 comments:

Post a Comment