This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Saturday, June 23, 2012

कविता

हिजो जस्तै लाग्छ नेपाल सुन्दर थियो। शान्त थियो। विशाल थियो। पुर्व टिस्टा सम्म पश्चिम कांगडा सम्म, मेरो सुन्दर देश लुटियो। टिस्टा र कांगडा लुटाईयो। रोयो देश आंशुले भिज्यो, विलौना गर्यो। कोहि भएन मेरो देश को त्यो आंशु पुछिदिने। रोएको मन भुलाउने। हिजो जस्तै लाग्छ कांगडा मेरो थियो। हरियाली पाखा संगै वाह्रै मास वसन्तको अनुभुती दिलांउथ्यो। तर तर आज कांगडा उजाडिदैछ। अपहेलीत वनेको छ। विलौना गरीरहेको छ। कस्ले सुन्ने उसको आवाज? छैन त्यो उसको मन लाई सान्त्वना दिने। हिजो जस्तै लाग्छ टिस्टा मेरो थियो। मेरो छाती मा वग्थ्यो। सुस्साउंदै सुस्साउंदै, माया प्रिती लांउदै। सलल सलल निरन्तर तर आज रुंदै छ टिस्टा पनि वारी पारी मडारिदै, सुन्दर नेपाली माटो मा वग्न चाहान्छ नेपाली मन लाई झक्झक्याउछ। विचरा कोहि छैन विरह मा मन भुलाईदिने। हिजो जस्तै लाग्छ सुस्ता सवै मेरो थियो। जंहा मेरो पसिना वग्थ्यो। मैले हल गोरु संगै कोदाली विसाउंथे तर तर अहिले भारतीय सेना परेड खेल्दै छन्। वन्दुक र गोली विसाईन्छ नेपाल आमा को छाती माथी, सुस्ता चिच्याएको छ। दिन दिनै नेपाली माटो सकिदैछ। वास्ता छैन कसैलाई सवैले तमासा हेर्दै छन्.... अशोक गौतम क्षितिज Tinau 98.2FM Butwal kshitizashok@gmail.com

Saturday, October 22, 2011

गजल- माला उन्न सयपत्री मखमली विन्दै हौली।

माला उन्न सयपत्री मखमली विन्दै हौली।
यस् पाली त म आउने अरु भन्दा भिन्दै हौली।

टिका लाउन भिनाजु नी जाने होलान् वैनी कंहा,
दुवै जना छिट्टै घर फर्कने दिन् छिन्दै हौली।

प्रदेश वाट म आउने घर् मा पनि खुशी होला,
सप्तरंगी टिका संगै ओखर् मिठाई किन्दै हौली।

झिनी फिनी सेल रोटी तिल अनि कांक्रो अचार्,
के के वन्यो परिकार नियालेर गिन्दै हौली।

चारैतिर झिलीमिली तिहारको रौनक् अर्कै,
खुशी हुंदै डाडा माथी रोटे पिङ् मा रिङ्दै हौली।

सुरु पनि भयो होला दिंउसी भैलो खेल्न लाई,
साथी संगै रमाउदै भैलो तिर हिन्दै हौली।

२०६८/०७/०५

अशोक गौतम क्षितिज

Sunday, October 2, 2011

"गजल" दशैं विशेष

चारै तिर दंशैको त्यो खुशीयाली छायो होला
पल्ला घर् को रामे पनि दंशै मान्न आयो होला।

हुनेले त खशी काट्लान् नहुनेले कठै वरा
वारी कुना फर्सी मुन्टा अनि तोरी रायो होला।

पैले जस्तो छैन अरे आज भोली देश् मा पनि
नयां सरकार गरीव् लाई राहात् पनि ल्यायो होला।

घर् आउने रहर् थियो यहां साहु धेरै वोल्यो
आफ्नो भने कर्म यस्तै विर्खे छुट्टी पायो होला।

घर् अघिको वांस माथी काली कौवा टोलाउदै
यो दशैंमा तिम्रो मान्छे आएन भन्न भ्यायो होला।

२०६८/०६/०९
अशोक गौतम क्षितिज