This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Thursday, June 30, 2011

Gajal

वेला वेला दाइलाई सम्झि माइत आउने रहर गरे
ज्वांई लाई पनि साथै जांउ भनीभनी कहर गरे।

सासुलाई र ससुरालाई जति सक्यो मान राख्नु
नन्द देवर अमाज्यु लाई मिठो वोली कदर गरे।

पराई घरमा सवै नयां साना ठुला वरावरी
साना लाई माया गरी ठुला लाई आदर गरे।

उल्काउन सक्छन वहिनी नाना थरी कुरा सुनाई
अरुका ति कुरा लाई सुनेपनि वदर गरे।

सधै भरी अविस्वासी हुन्छ वुहारीको जीवन
परिवार को सरसल्लाहा र निर्णय लाई सदर गरे।

www.kshitizashok.blogspot.com
गत वैशाखमा मेरो एउटी वहिनीको विवाहको दिन सांझ लेखेको गजल....... भयो भएन? सुधार्ने मौका दिनु होला

Gajal

जवानीको फुल फक्रि पाक्दा रमायौ
इशारा मा केहि कुरा माग्दा रमायौ।

छोयो अव जवानीले सानी छैनौ तिमी
फक्रेको जवानीको प्यास लाग्दा रमायौ।

चड्दै गयो दुवैलाई यौवनको नशा
ओंठ चुम्दै छातीमा हात राख्दा रमायौ।

हिजो भन्दा आज अलि वेग्लै छ मौसम
पलपल खुशीका सीमा नाघ्दा रमायौ।

छैन मन पटक्कै आउनु भन्छ्यौ फेरी
लखतरान परेर म थाक्दा रमायौ।

तिम्रै हातको सिरानी मा भुतुक्कै निदाए
कोल्टे फेर्दा वेला वेला जाग्दा रमायौ।

अशोक गौतम क्षितिज
पौंदिअमराई -३ गुल्मि

Wednesday, June 29, 2011

Gajal

जुनी जुनी तिम्लाई माया गर्न पाए हुन्थ्यो लुरी
तिम्रो ह्रिदयमा वसाई सर्न पाए हुन्थ्यो लुरी।

तिमीलाई यो दिलमा सजाई अनि हात समाई
मायाको त्यो महासागर तर्न पाए हुन्थ्यो लुरी।

यो मनको चाहाना र फक्रिएको जोवन संगै
चोखो दिल् को मझेरीमा चर्न पाए हुन्थ्यो लुरी।

फुल्दै अनि लहराउदै प्रक्रितीको वागमा हामी
मन्द मिठो सुवासना छर्न पाए हुन्थ्यो लुरी।

पवित्र त्यो नाता अनि पवित्रै सिन्दुर संगै
खाली सिंउदो मेरै हात ले भर्न पाए हुन्थ्यो लुरी।

सुख दु:ख पिडा व्यथा हांसो आंशु सयर गर्दै
तिम्रै काखमा रमाउदै मर्न पाए हुन्थ्यो लुरी।

अशोक गौतम क्षितिज
पौंदिअमराई -३ गुल्मि