Sunday, September 4, 2016

वुवाको मुख हेर्ने दिन

वुवाको मुख होइन खुट्टाका पैतला हेर किनकी तिमिले त्यहाँ वुवाको पीडा भेट्टाउने छौ ।
तिमी वुवाको मुख होइन हातमा खिइसकेका नङ हेर किनकी त्यहाँ तिमिलाई हुर्काउन गरेका दु:ख र कष्ट देख्नेछौ ।
किनकी वुवाका ती दुख र पीडाहरु तिमिले बुबाको अनुहारमा कहिल्यै देख्नेछैनौ । ती पिडाहरु लुकाएर वुवाले तिमिलाइ सधै झुठो मुस्कान दिनुहुन्छ ।
त्यसैले साथीहरू वुवालाइ उहाको फोटो एक दिन फेशबुकमा राखेर होइन , एक दिन फलफुल र मिठाइ दिएर होइन सधै भरी माया दिएर सम्मान गरौं ।
हरेक वुवाले आफ्ना सन्तान छोराछोरी प्रती सक्षम, निस्ठावान र दुरदर्शि सन्तानको सपना देख्नु भएको हुन्छ आशीर्वाद दिनुभएको हुन्छ ।
वुवाका ती सपनाहरू लाई पूरा गर्ने कोसिस गरौं वुवा त्यसैमा प्रसन्न हुनुहुन्छ ता कि फेसबुकमा फोटो राख्दैमा र एकदिन स्वाङ पार्दैमा वुवा खुशी हुनुहुने होइन ।
आफ्ना आमा वुवा लाई बृद्धाआश्रम मा लगेर छोड्ने र अरु दिन धरधरी रुवाउनेहरु ले पनि आजको दिन Miss You Dad भनेर स्वाङ पार्दा कम्पारो तातेर आउछ ।
आफ्ना आमा वुवा लाई एक दिन होइन सधैभरी माया दिएर सम्मान गरौं ।
धन्यवाद ।

२०७३ भाद्र १६ कुशे औंशी

0 comments:

Post a Comment