Monday, September 5, 2016

गजल - हराएका सन्तानको

हराएका सन्तानको आधा शरिर भेटिएको छ ।
र भेटिएको छ कसैको मात्रै शिर भेटिएको छ ।

यो समय पनि छि कस्तो अचम्मको हो ?
तिनै दु:खी मनहरु मा अनेकौं पिर भेटिएको छ ।

कठै उनका ति सन्तानले अव केही सुख पाउलान,
विचरी लाई शरिर वेच्ने जागिर भेटिएको छ ।

खै कस् कस्ले के के पाउने हुन् थाहा छैन,
गरिवको वस्तीमा मन्दिर भटिएको छ ।

मेरो देशको अस्तित्व र आमाको अस्मिता जोगाउनु,
भन्दैछ क्षितिज मेरो गन्तव्यको आखिर भेटिएको छ ।

अशोक गौतम क्षितिज
वुटवल, रुपन्देही

0 comments:

Post a Comment