हामी युवा खाडि तिर बांझै खेत बारी हरु ।
हलो जोत्छन घाट जान्छन परे पछी नारी हरु ।
परम्परा लोक संकृती लोप भए हिजो आज ,
भेटिदैनन् दौरा सुर्वाल गुन्यु चोली सारी हरु ।
जब सम्म मृत्यु दण्ड हुने छैन हाम्रो देश मा,
दिन दिनै बढ्नेछन बोका बलात्कारी हरु ।
चोर समात्ने प्रहरी नै चोर्न एक नम्बरी छन् ,
खै कसरी बिश्वास गर्ने पुलिस अधिकारी हरु ।
कर्णाली का जनता अब मर्ने छैनन् अल्पायु मै ,
रोकिनेछन झाडा वान्ता प्रकोप महामारी हरु ।
अशोक गौतम क्षितिज
बुटवल , रुपन्देही ।






0 comments:
Post a Comment