This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Thursday, August 11, 2011

मुक्तक - उनी र म.......

                  "म"
संझनामा चिठी लेखी खाम पठाउछु।
दु:ख गरी कमाएर दाम पठाउछु।
पुस माघ को सिरेठोमा वस्नु तातो आभास गरी,
मिर्मीरे विहानी संगै न्यानो घाम पठाउछु।

                 "उनी"
सकुसल भै वस्नु सधै काम चांहिदैन।
छिट्टै फर्की आउनु प्यारा दाम चांहिदैन।
संगै वसी गांउ घर मै मेलापात गरौंला,
वरु मलाई सांझ विहान माम चांहिदैन।

२०६७/१०/१७
अशोक गौतम क्षितिज

Wednesday, August 10, 2011

गजल

देश रुंदा संगै आंशु झराउनु देश भक्त हो
देशकै माया ममतामा हराउनु देश भक्त हो।

आधुनिक खाना अनि मम पिजा चाउमीन छोडी
आटो पिठो गुन्द्रुकले पेट भराउनु देश भक्त हो।

देशलाई सधै वचाई राख्न मर्न पनि नडराई
अंध्यारोमा नयां किरण छराउनु देश भक्त हो।

भ्रष्टाचार र घुस पेठ ले राष्ट्र लाई डुवाउंछ
तिनी सवै वाट मुक्त गराउनु देश भक्त हो।

देश माथी को अत्याचार र अतिक्रमण हटाउन
सिमाना मा राष्ट्र झण्डा फराउनु देश भक्त हो।

२०६८/०४/२५
अशोक गौतम क्षितिज

Tuesday, August 9, 2011

Gazal

यो मन का पिडा व्यथा मन भित्रै गुन्छु  अचेल
विगद का ति पल संझी हिंक्क हिंक्क रुन्छु अचेल।

पहिलो माया पहिलो प्रेम गाह्रो भयो भुल्न लाई
ढुकढुकी मा अझै पनि तिम्रै आवाज सुन्छु अचेल।

म वाट टाढा भयौ तर पनि माया गर्छु
कल्पिन्छु र सपनीमा तिम्रै साथमा हुन्छु अचेल।

खै किन मन दुखायौ अनायासै पराई वन्यौ
अतितको संझना मा तिम्रै तस्विर चुम्छु अचेल।

खुशी हट्यो यो मन वाट उजाडियो जिवन पनि
विवसता र उदासता मा अंधेरी रात चुन्छु अचेल।

पिउने गर्छु सांझ विहान अलीकति मन संहाल्न
संहालिन्न यि आंशुले आफै लाई धुन्छु अचेल।