This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Monday, September 5, 2016

गजल - हराएका सन्तानको

हराएका सन्तानको आधा शरिर भेटिएको छ ।
र भेटिएको छ कसैको मात्रै शिर भेटिएको छ ।

यो समय पनि छि कस्तो अचम्मको हो ?
तिनै दु:खी मनहरु मा अनेकौं पिर भेटिएको छ ।

कठै उनका ति सन्तानले अव केही सुख पाउलान,
विचरी लाई शरिर वेच्ने जागिर भेटिएको छ ।

खै कस् कस्ले के के पाउने हुन् थाहा छैन,
गरिवको वस्तीमा मन्दिर भटिएको छ ।

मेरो देशको अस्तित्व र आमाको अस्मिता जोगाउनु,
भन्दैछ क्षितिज मेरो गन्तव्यको आखिर भेटिएको छ ।

अशोक गौतम क्षितिज
वुटवल, रुपन्देही

Sunday, September 4, 2016

वुवाको मुख हेर्ने दिन

वुवाको मुख होइन खुट्टाका पैतला हेर किनकी तिमिले त्यहाँ वुवाको पीडा भेट्टाउने छौ ।
तिमी वुवाको मुख होइन हातमा खिइसकेका नङ हेर किनकी त्यहाँ तिमिलाई हुर्काउन गरेका दु:ख र कष्ट देख्नेछौ ।
किनकी वुवाका ती दुख र पीडाहरु तिमिले बुबाको अनुहारमा कहिल्यै देख्नेछैनौ । ती पिडाहरु लुकाएर वुवाले तिमिलाइ सधै झुठो मुस्कान दिनुहुन्छ ।
त्यसैले साथीहरू वुवालाइ उहाको फोटो एक दिन फेशबुकमा राखेर होइन , एक दिन फलफुल र मिठाइ दिएर होइन सधै भरी माया दिएर सम्मान गरौं ।
हरेक वुवाले आफ्ना सन्तान छोराछोरी प्रती सक्षम, निस्ठावान र दुरदर्शि सन्तानको सपना देख्नु भएको हुन्छ आशीर्वाद दिनुभएको हुन्छ ।
वुवाका ती सपनाहरू लाई पूरा गर्ने कोसिस गरौं वुवा त्यसैमा प्रसन्न हुनुहुन्छ ता कि फेसबुकमा फोटो राख्दैमा र एकदिन स्वाङ पार्दैमा वुवा खुशी हुनुहुने होइन ।
आफ्ना आमा वुवा लाई बृद्धाआश्रम मा लगेर छोड्ने र अरु दिन धरधरी रुवाउनेहरु ले पनि आजको दिन Miss You Dad भनेर स्वाङ पार्दा कम्पारो तातेर आउछ ।
आफ्ना आमा वुवा लाई एक दिन होइन सधैभरी माया दिएर सम्मान गरौं ।
धन्यवाद ।

२०७३ भाद्र १६ कुशे औंशी

गजल -सु- शान्तीको आभास छैन सवको ज्यान धराप मा छ।

सु- शान्तीको आभास छैन सवको ज्यान धराप मा छ।

अधिकार को कुरै छोंडौ झन् संविधान धराप मा छ।

सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली हौं,
रिमिक्स हुन सक्छ यो पनि राष्ट्रिय गान धराप मा छ।

नेपाल आमाको छाती माथी परेड खेल्दैछन विदेशी,
हेर्नोस दशगजा अनि सुस्ता को मैदान धराप मा छ।

जसको दिमाग मा गोवर छ उसको हातमा सत्ता छ,
कस्ले वनाउने हो देश देशको स्वाभिमान धराप मा छ।

गुन्यौ चोली विर्सिईन उनी मिनिस्कर्ट नी हो की होईन,
विचरा उनको कामुक पहिरन मुस्कान धरापमा छ।

खोज आविस्कार गर्छ मान्छे सहज अनि विकासको निम्ती,
सुविधा संगै चुनौती पनि छन् विज्ञान धराप मा छ।

अशोक गौतम "क्षितिज"